काठमाडौं, जेठ २० — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाहरू पूर्वनियोजित र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्दै उनले ती घटनाहरू आकस्मिक आक्रोश नभई योजनाबद्ध रूपमा गराइएको दाबी गरे। साथै, जेनजी युवालाई प्रयोग गरिएको र राज्यका प्रमुख संरचना तथा नेताका घरहरूलाई लक्षित गरिएको उनको भनाइ थियो।


