चितवन, चैत १६ — भरतपुर महानगरपालिका-४ को एक व्यावसायिक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि ठूलो संख्यामा कुखुरा र दाना नष्ट गरिएको छ। रोग अन्यत्र फैलिन नदिन पशु सेवा कार्यालयले ‘किलिङ’ अप्रेशन चलाएको हो।
चैत १२ गते लेयर्स कुखुरा फार्ममा बर्डफ्लु फेला परेको थियो।
आइतबारसम्म १७ हजार ९५० लेयर्स र ९१३ लोकल गरी झण्डै १९ हजार कुखुरा नष्ट गरिएको छ।
संक्रमण देखिएको फार्मको चार किल्लाभित्र रहेका दाना र अन्य सामग्रीसमेत नष्ट गरी उक्त क्षेत्रलाई सिल गरिएको छ।
बर्डफ्लुलाई फार्म बाहिर फैलिन नदिन विशेष जैविक सुरक्षा सतर्कता अपनाइएको पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिनुभयो।


