काठमाडौँ — सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुरक्षाकर्मीको अपेक्षा अनुसार ठोस नयाँ कार्यक्रम नआएको भन्दै प्रहरीभित्र निराशा देखिएको छ।
नीति तथा कार्यक्रममा साइबर सुरक्षा र डिजिटल ठगी अनुसन्धानका लागि नयाँ इकाइ बनाइने उल्लेख भए पनि साइबर ब्युरो र आर्थिक अपराध महाशाखाजस्ता पहिले नै रहेका संरचनालाई सुदृढ गर्ने स्पष्ट योजना नआएको प्रहरी स्रोतले जनाएको छ। सुरक्षा जनशक्तिको प्रोत्साहन र उत्साह बढाउने कार्यक्रमसमेत कमजोर रहेको टिप्पणी गरिएको छ।


