काठमाडौं । काठमाडौं उपत्यकामा वृद्ध महिलालाई लक्ष्य बनाएर सुनका गरगहना लुट्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्।
प्रहरीका अनुसार गिरोहले घर भाडामा खोज्ने बहानामा रेकी गरी वृद्ध महिलाको सुनको सिक्री थुतेर मोटरसाइकलमा फरार हुने गरेको थियो।
चन्द्रागिरि, कीर्तिपुर र नागार्जुन क्षेत्रमा भएका विभिन्न लुटपाट घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको गिरोहले चोरीको मोटरसाइकल प्रयोग गरी योजना बनाएर लुटपाट गर्ने गरेको खुलेको छ।


