Friday, June 05, 2026
Home > खेलकुद समाचार > दर्शक घटेपछि क्यानले घटायो क्रिकेट टिकट मूल्य

दर्शक घटेपछि क्यानले घटायो क्रिकेट टिकट मूल्य

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिजमा दर्शकको संख्या घटेपछि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य आधा घटाएको छ।

पहिले ४ सय रुपैयाँ रहेको टिकट अब २ सय रुपैयाँमा झारिएको छ। युएईविरुद्धका खेलमा ७५० रुपैयाँसम्मको टिकट भए पनि दर्शक उपस्थिति न्यून देखिएपछि क्यानले मूल्य समायोजन गरेको हो।

क्यानले आगामी ओमानविरुद्धको खेलदेखि सुरु हुने लिग–२ सिरिजका बाँकी ६ खेलको टिकट मूल्य पनि २ सय रुपैयाँ नै कायम गर्ने जनाएको छ।

यसअघि नेपाल प्रिमियर लिगमा भने दर्शकको राम्रो उपस्थिति रहेको थियो, जहाँ टिकट मूल्य २ सयदेखि २ हजार रुपैयाँसम्म राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *