परराष्ट्र मन्त्रालयले भारत हुँदै पश्चिम एसियाली राष्ट्र जान चाहने नेपाली नागरिकलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउने निर्देश दिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिमको निर्णयअनुसार, यात्रा गर्ने नेपालीले वैध भिसा वा रिइन्ट्री भिसा र परिचयपत्र/आईडी कार्ड पेश गरेमा एनओसी जारी गरिनेछ। यो कदमले भारतमार्ग हुँदै यात्रामा पर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।


