Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारतमा सस्तो इन्धनका कारण नेपाली ढुवानी व्यवसायी मर्कामा

भारतमा सस्तो इन्धनका कारण नेपाली ढुवानी व्यवसायी मर्कामा

रुपन्देहीका ढुवानी व्यवसायीहरूले भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले भारतीय मालवाहक गाडीले नेपालभित्र सस्तो ढुवानी सेवा दिँदा आफूहरू प्रतिस्पर्धामा कमजोर भएको गुनासो गरेका छन्।

उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भारतीय गाडीको अनियन्त्रित प्रवेश, ओभरलोड ढुवानी र कानुन कार्यान्वयनमा कमजोरीका कारण नेपाली व्यवसाय संकटमा परेको बताएका छन्।

व्यवसायीहरूले नेपालमा डिजेलको मूल्य समायोजन गर्न, ओभरलोड नियन्त्रण कडाइका साथ लागू गर्न र स्वदेशी ढुवानी क्षेत्रको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *