नेपाल पर्यटन बोर्ड ले स्पष्ट पारेको छ कि भारतीय पर्यटकका लागि नेपालमा कुनै नयाँ प्रतिबन्ध लगाइएको छैन।
भारतीय नागरिकको प्रवेश, बसाइ अवधि वा सवारीसाधन जफतसम्बन्धी समाचारहरू भ्रामक भएको भन्दै बोर्डले खण्डन गरेको छ।
नेपाल–भारत खुला सीमा व्यवस्था यथावत रहेको र पर्यटनसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोत मात्र प्रयोग गर्न आग्रह गरिएको छ।


