काठमाडौं, जेठ १९ — रवि लामिछाने ले आज नयाँ दिल्लीमा जेपी नड्डा सहित भारतीय जनता पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने भएका छन्।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको टोलीले राजनीतिक अनुभव आदानप्रदान, लोकतान्त्रिक सहकार्य तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।


