Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भृकुटीमण्डप फनपार्क भ्रष्टाचार मुद्दा सर्वोच्चमा सुनुवाइमा

भृकुटीमण्डप फनपार्क भ्रष्टाचार मुद्दा सर्वोच्चमा सुनुवाइमा

काठमाडौं । भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुने भएको हो।

यसअघि विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको थियो, जसविरुद्ध उनीहरू सर्वोच्च पुगेका हुन्।

अख्तियारले प्रचलित प्रक्रिया मिचेर कम मूल्यमा जग्गा भाडामा दिएको आरोपमा मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *