काठमाडौँ । मुलुकका तीन ठूला निजी क्षेत्रका छाता संगठनहरूले उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता कदमले देशमा लगानी, रोजगारी र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने चेतावनी दिएका हुन्।
उनीहरूले नियामक प्रतिवेदनका आधारमा मात्र हुने पक्राउले व्यवसायीलाई त्रसित बनाएको भन्दै कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्न सरकारसँग माग गरेका छन्।


