विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले शेखर कोइराला पक्षले आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलाको प्रचार सामग्रीमा आफ्नो नाम वक्ताका रूपमा राखिएकोप्रति असन्तुष्टि जनाएका छन्।
आफूसँग कुनै पूर्वसहमति वा जानकारी नलिई नाम समावेश गरिएको भन्दै उनले आफूलाई फसाउन खोजिएको आरोप लगाए। साथै, सभापति शेरबहादुर देउवाविरुद्ध लक्षित कार्यक्रम भएको खण्डमा आफू सहभागी नहुने स्पष्ट पारे।
कोइरालाले पार्टीभित्रको विवाद संवाद र समन्वयमार्फत समाधान गर्न नेतृत्वले पहल गर्नुपर्ने पनि बताएका छन्।


