विराटनगर । नेपाल र भारतका अधिकारीबीच सीमा स्तम्भहरूको अवस्था र सीमा व्यवस्थापनबारे बिर्तामोडमा समीक्षा बैठक सम्पन्न भएको छ। बैठकले क्षतिग्रस्त तथा कमजोर सीमा स्तम्भहरू संयुक्त रूपमा मर्मत गर्ने सहमति गरेको छ।
छलफलमा सीमा क्षेत्रको सुरक्षा, समन्वय र व्यवस्थापनका विषयमा पनि कुराकानी भएको थियो। यसैबीच झापाको कचनकवलस्थित दशगजा क्षेत्रमा लगाइएका करिब ६०–६५ वटा चियाका बोट संयुक्त सीमा गस्ती टोलीले हटाएको जनाएको छ।
दुवै देशले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


