आज ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ।
पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को स्मृतिमा विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा बिरामीलाई फलफूल वितरणजस्ता कार्यक्रम गरिँदैछन्।
वि.सं. २०५० जेठ ३ गते दासढुङ्गा मा भएको सवारी दुर्घटनामा दुवै नेताको निधन भएको थियो। एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रवर्तकका रूपमा स्मरण गर्दै आएको छ।


