मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको बैठकमा उनले बहुमत सांसदको समर्थन पाएका हुन्।
१०० जना सांसद उपस्थितमध्ये ६२ मत पक्षमा र ३६ मत विपक्षमा परेको सभामुखले जानकारी दिए। एमाले, कांग्रेस र नेकपाको नयाँ गठबन्धन बनेपछि सरकार पुनः बहुमतमा पुगेको हो।


