Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मन्त्रालयको चेतावनी: अस्पताल, विद्यालय र प्रतिष्ठानले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने

मन्त्रालयको चेतावनी: अस्पताल, विद्यालय र प्रतिष्ठानले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने

काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल, निजी विद्यालय, स्वास्थ्य संस्था र अन्य प्रतिष्ठानलाई न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित गर्न चेतावनी दिएको छ। मन्त्रालयले इन्टर्न, तालिमार्थी र अन्य कर्मचारीलाई समेत कानुनअनुसार सेवा सुविधा, बिरामी बिदा, उपदान, सञ्चयकोष र बीमा प्रदान गर्नुपर्ने स्पष्ट पारेको छ।

मन्त्रालयले कुनै पनि उल्लङ्घन पाए कानुन अनुसार कारबाही हुने जनाएको छ र सबै रोजगारदातालाई कानुनको पालना गर्न हार्दिक अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *