काठमाडौं — सरकारले विदेशस्थित १५ अवैतनिक नेपाली कन्सुल तथा कन्सुल जनरललाई पदमुक्त गर्ने निर्णय गरेको छ। साथै, वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।


