Friday, June 05, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठकमा चार मुख्य निर्णय

मन्त्रिपरिषद् बैठकमा चार मुख्य निर्णय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमा चार महत्वपूर्ण निर्णय गरेको छ।

सरकारले गौरीबहादुर कार्की आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गर्‍यो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइयो।

भदौ २३–२४ को ‘जेनजी आन्दोलन’मा वीरगति प्राप्त शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्ने निर्णय भयो।

सरकारको शासकीय सुधारका लागि तयार गरिएको ‘१०० कार्यसूची’ स्वीकृत गरी सार्वजनिक गर्ने निर्णय गरियो।

बैठकले आयोगले सिफारिस गरेका सुरक्षा र अन्य निकायको विषयमा सम्बन्धित विभागलाई निर्देशन दिने व्यवस्था समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *