काठमाडौं — मलेसियामा आप्रवासी कामदारका लागि नक्कली कागजात बनाएको आरोपमा ३ नेपालीसहित ९ जनालाई पक्राउ गरिएको छ।
मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरका विभिन्न स्थानमा गरेको कारबाहीमा नेपाली, भारतीय, बंगलादेशी, मलेसियाली र भियतनामी नागरिक पक्राउ परेका हुन्।
अनुसन्धान अनुसार गिरोहले करिब ७ वर्षदेखि अवैध गतिविधि गर्दै आएको र करिब १० करोड रिङ्गेटसम्म अवैध आम्दानी गरेको अनुमान छ। पक्राउ परेकामाथि अध्यागमन र धनशोधनसम्बन्धी कानुनअनुसार अनुसन्धान भइरहेको छ।


