काठमाडौं — सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई थुनामा राख्नुको कारणबारे ललितपुर जिल्ला अदालत र राजस्व अनुसन्धान विभागबाट कागजात पेस गर्न पनि निर्देशन दिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका खड्काको हकमा उनकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।


