महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल महिला क्रिकेट टोली ले मलेसियामाथि दोस्रो खेलमा पनि जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको छ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। ओपनर सम्झना खड्का ३९ रनसहित अविजित रहिन् भने बलिङतर्फ रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले महत्वपूर्ण विकेट लिए।


