१९ चैत, काठमाडौं – प्रतिनिधि सभाका सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवीको रूपमा संसद्मा आएको बताएका छन्। बैठकमा उनले आफ्नो भूमिका पक्षपातरहित हुने उल्लेख गर्दै भने, “म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ।”
उनले शिक्षा क्षेत्र सुधारका लागि नियमावली र अध्यादेश ल्याउन प्रयास गर्दा असफल भई मन्त्रीबाट राजीनामा दिएर चुनाव लडेको पनि बताए।


