Friday, June 05, 2026
Home > विराटनगर समाचार > महेन्द्र मोरङ क्याम्पसको १ विगाहा जग्गा अतिक्रमण, खाली गराउन दबाब बढ्दै

महेन्द्र मोरङ क्याम्पसको १ विगाहा जग्गा अतिक्रमण, खाली गराउन दबाब बढ्दै

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको झण्डै १ विगाहा जग्गा अतिक्रमणमा परेको छ। त्रिभुवन विश्वविद्यालयले ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएपछि विषय पुनः चर्चामा आएको हो।

क्याम्पस प्रशासनले अझै ठोस रूपमा जग्गा फिर्ता प्रक्रिया सुरु नगरेको बताइएको छ। अतिक्रमित क्षेत्रमा पुराना संरचना र अनधिकृत बस्ती रहेको उल्लेख छ।

स्ववियुले क्याम्पसको सम्पूर्ण जग्गा खाली गराउन प्रशासन, नापी र स्थानीय निकायसँग समन्वय गरेर अघि बढ्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *