Friday, June 05, 2026
Home > स्थानीय समाचार > रुपन्देही बस–माइक्रो ठोक्किँदा दुर्घटना : २ को मृत्यु, २७ घाइते

रुपन्देही बस–माइक्रो ठोक्किँदा दुर्घटना : २ को मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्डमा माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

गणेशनगरस्थित प्रतीक्षालय नजिक भएको दुर्घटनामा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको माइक्रो र नारायणगढबाट आउँदै गरेको ईभी माइक्रो ठोक्किएका थिए।

घाइतेमध्ये दुई जनाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *