बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का ६४ वर्षीय कृष्ण चन्द मङ्गलबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। घटना भएको बेलादेखि उनका खोजी कार्य जारी रहँदा अहिलेसम्म उनी फेला परेको छैन।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेर खोजी अभियान सञ्चालन भइरहेको छ। यसअघि सोमबारै नदीकै किनारमा ५१ वर्षीया विन्दुदेवी साउद मृत अवस्थामा फेला परेकी थिइन्।


