Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मानवअधिकार आयोगको प्रतिवेदनले राजनीतिक तरंग ल्याउने संकेत

मानवअधिकार आयोगको प्रतिवेदनले राजनीतिक तरंग ल्याउने संकेत

काठमाडौं । ‘जेनजी’ प्रदर्शनसँग जोडिएका घटनाबारे तयार गरिएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देशको राजनीतिमा ठूलो हलचल ल्याउने संकेत देखिएको छ।

आयोगले वैशाख १६ गते सरकारलाई बुझाउने तयारी गरेको प्रतिवेदनमा उच्च तहका नेतादेखि सुरक्षा अधिकारीसम्मलाई कारबाही सिफारिस गरिएको दाबी गरिएको छ।

सूत्रका अनुसार केपी शर्मा ओली, बालेन्द्र शाह र रवि लामिछाने लगायतका नाम समावेश रहेको चर्चा छ।

प्रतिवेदन कार्यान्वयन भएमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै कानुनी प्रभाव पर्ने विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *