Friday, June 05, 2026
Home > खेलकुद समाचार > पाकिस्तानी क्रिकेटर नवाजमाथि लागूऔषध प्रयोगको आरोप

पाकिस्तानी क्रिकेटर नवाजमाथि लागूऔषध प्रयोगको आरोप

काठमाडौं । मोहम्मद नवाजमाथि टी–२० विश्वकपका क्रममा लागूऔषध प्रयोग गरेको आरोप लागेको छ। परीक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई जानकारी गराएको हो।

पीसीबीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ र प्रतिवेदन आईसीसीलाई बुझाउने तयारी गरेको छ।

विवादपछि नवाजले इङ्ग्ल्यान्डको टी–२० ब्लास्ट लिग गुमाएका छन् भने हाल उनी पाकिस्तान सुपर लिगमा खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *