बुटवल–४ जेसिज चोक नजिकको सरकारी जग्गामा बनेका अतिक्रमित घरटहरा हटाउने क्रममा प्रशासनले डोजर चलाएपछि त्यहाँ बसोबास गर्दै आएका परिवार विस्थापित भएका छन्।
उच्च अदालत तुल्सीपुर बुटवल इजलासको अनुरोधमा गरिएको उक्त कारबाहीमा पर्याप्त समय नदिएको भन्दै प्रभावित परिवारले असन्तुष्टि जनाएका छन्। उनीहरूलाई शनिबार साँझ सूचना दिइएको भए पनि बिहानै डोजर चलाइएको बताएका छन्।
विस्थापितहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाइएको भन्दै आपत्ति जनाएका छन्। करिब ४० वर्षदेखि बस्दै आएका केही परिवार अहिले सडकछेउमै बस्न बाध्य भएका छन्।


