Friday, June 05, 2026
Home > आर्थिक समाचार > मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा: अध्यक्ष पाण्डे

मूल्यवृद्धि र सामग्री अभावले निर्माण कार्य ठप्प हुने अवस्थामा: अध्यक्ष पाण्डे

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काममा ठप्प हुने जोखिम उत्पन्न भएको बताएका छन्। उनका अनुसार, सडक निर्माणमा ४० प्रतिशत पेट्रोलियमजन्य पदार्थको प्रयोग हुने भएकाले डिजेलको अभाव र महँगो मूल्यले कार्यलाई असम्भव बनाएको छ। साथै, नदीजन्य सामग्रीको मापदण्ड पनि जटिल रहेकोले त्यसको आपूर्ति गर्न कठिनाइ भइरहेको उनले बताएका छन्। महासंघले व्यवसायीका समस्याहरू समाधान गर्न पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *