तेहरान। इरान समर्थित यमनका लडाकू समूह हुथीले अमेरिका–इसराइलविरूद्ध जारी युद्धमा पहिलोपटक इसराइलमा मिसाइल आक्रमण गरेको छ।
हुथीले इसराइली सैन्य अड्डामा ब्यालिस्टिक मिसाइल प्रहार गरेको पुष्टि गरिएको छ, तर मानवीय क्षति नभएको आईडीएफले जनाएको छ। यसअघि हिजबुल्लाह र हमासले इरानको समर्थनमा युद्धमा सहभागी भइसकेका थिए।
हुथीलाई अमेरिकी सरकारले आतंकवादी समूहको सूचीमा राखेको छ। गत मार्चमा अमेरिकाले यमनमा हुथीविरूद्ध सैन्य कारबाही चलाएको थियो र पछि ओमानको मध्यस्थतामा युद्धविराम भएको थियो।


