विराटनगर — प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक थलो ‘हटताली हाट’मा बसोबास गर्दै आएका सयौँ परिवार अहिले विस्थापनको त्रासमा छन्। करिब ४०० भन्दा बढी परिवार बसोबास गरिरहेको क्षेत्रमा सरकारले हटाउने तयारी गरेपछि स्थानीयमा असन्तोष बढेको हो।
कुनै समय मजदुर आन्दोलनको केन्द्र रहेको यो क्षेत्रमा अहिले डोजर आउने हल्लाले बासिन्दा चिन्तित बनेका छन्। धेरैले विकल्प र रोजगारीको व्यवस्था बिना हटाउन नहुने माग गरेका छन्।
मिल्स व्यवस्थापनका अनुसार ठूलो भाग जमिनमा पूर्वमजदुर र सुकुम्बासी दुवै बसोबास गरिरहेका छन् र केहीले भाडा नतिरेको पनि बताइएको छ।


