Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन घोषणा

डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन घोषणा

विराटनगर — नेपाल बसोबास बस्ती संरक्षण समाजले सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजर अभियानको विरोध गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
समाजले ५ बुँदे माग अघि सार्दै पहिलो चरणमा भेला, प्रदर्शन, राजनीतिक दलसँग छलफल र ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ। माग सम्बोधन नभए दोस्रो चरणमा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
समाजले बिना विकल्प बस्ती भत्काइएकाले ठूलो क्षति, विस्थापन र केही मृत्यु समेत भएको भन्दै आपत्ति जनाएको छ। पुनःस्थापना, क्षतिपूर्ति, स्पष्ट सुकुम्बासी मापदण्ड र भूमि स्वामित्व सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *