काठमाडौं — नेपाल र हङकङबीच चैत १२ मा तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ ले राष्ट्रिय खेलकुद परिषद ले दशरथ रंगशाला प्रयोग गर्न अनुमति नदिएको जनाएको छ।
एन्फाका अनुसार खेलका लागि आवश्यक फ्लडलाइट, स्कोरबोर्ड लगायत पूर्वाधार उपलब्ध नगराइएकाले खेल रोकिएको हो। संघले समर्थकसँग माफी माग्दै विवादका कारण नेपाली फुटबल फिफा प्रतिबन्धको जोखिमतर्फ बढ्न सक्ने चेतावनी दिएको छ।


