Friday, June 05, 2026
Home > खेलकुद समाचार > एनभीए लिगमा न्यु डायमन्ड अपराजित, फाइनल नजिक

एनभीए लिगमा न्यु डायमन्ड अपराजित, फाइनल नजिक

काठमाडौं । पीएम कप एनभीए महिला भलिबल लिगमा न्यु डायमन्ड स्पोर्ट्स क्लब फाइनल नजिक पुगेको छ।

मंगलबार एपीएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै न्यु डायमन्डले अपराजित यात्रा कायम राख्दै १२ अंकसहित शीर्ष स्थानमा छ।

पहिलो सेट एपीएफले २५–२१ ले जिते पनि न्यु डायमन्डले दोस्रो सेट २५–२०, तेस्रो २५–१८ र चौथो २५–२१ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो।

यसअघि न्यु डायमन्डले सुदूरपश्चिम, एभरेस्ट र त्रिभुवन आर्मी क्लबलाई हराइसकेको छ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *