Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संविधान संशोधनमा नागरिकको चासो, ४४ हजारभन्दा बढी सुझाव प्राप्त

संविधान संशोधनमा नागरिकको चासो, ४४ हजारभन्दा बढी सुझाव प्राप्त

काठमाडौं, जेठ १९ — संविधान संशोधनसम्बन्धी बहसपत्र तयारीका लागि गठित कार्यदललाई नागरिकबाट ४४ हजार ६१३ वटा सुझाव प्राप्त भएका छन्।

कार्यदलका अनुसार इमेलमार्फत १९ हजार २३९ र ह्वाट्सएपमार्फत २५ हजार ३७४ सुझाव आएका छन्। सुझावहरूमा कार्यकारी राष्ट्रपति, संघीय संरचनाको समीक्षा, निर्वाचन प्रणाली, न्यायपालिका सुधार तथा जनप्रतिनिधिको योग्यतासम्बन्धी विषय प्रमुख रूपमा उठाइएको छ।

प्राप्त सुझावहरूको अध्ययनपछि संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *