Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको लेख : नेपाल–भारत सम्बन्ध विकास केन्द्रित बनाउनुपर्ने

रवि लामिछानेको लेख : नेपाल–भारत सम्बन्ध विकास केन्द्रित बनाउनुपर्ने

काठमाडौं, जेठ १९ — भारतीय सञ्चारमाध्यममा प्रकाशित लेखमार्फत रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक बहसभन्दा माथि उठाएर ‘विकास कूटनीति’मा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले रक्सौल–काठमाडौं रेलमार्ग, डिजिटल कोरिडोर, जलविद्युत् सहकार्य र सीमा क्षेत्रमा मल कारखाना स्थापना जस्ता परियोजनामार्फत दुई देशको आर्थिक साझेदारी सुदृढ गर्न सुझाव दिएका छन्।

सीमा विवादलगायतका संवेदनशील विषयहरू संवाद र तथ्यका आधारमा समाधान गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले समृद्ध र स्थिर नेपाल भारतका लागि पनि महत्वपूर्ण साझेदार बन्न सक्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *