Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सम्पत्ति छानबिन आयोगमा उजुरी र विवरण बुझाउनेको चाप

सम्पत्ति छानबिन आयोगमा उजुरी र विवरण बुझाउनेको चाप

काठमाडौं, जेठ १९ — सम्पत्ति छानबिन आयोगमा गठन भएको दुई सातामै उच्चपदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारीविरुद्ध २५० भन्दा बढी उजुरी दर्ता भएका छन्।

आयोगका अनुसार दैनिक करिब एक हजार व्यक्ति सम्पत्ति विवरण बुझाउन कार्यालय पुगिरहेका छन्। आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८२ चैतसम्मको सम्पत्तिको छानबिन सुरु गर्दै जेठ ३० भित्र विवरण बुझाउन आह्वान गरेको छ।

पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीश, सुरक्षा निकायका उच्च अधिकारी तथा विभिन्न सरकारी निकायका पदाधिकारीसहित करिब ५० हजार व्यक्ति छानबिनको दायरामा पर्ने जनाइएको छ। आयोगले प्राप्त उजुरीहरूको अध्ययन गरी थप प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *