काठमाडौं ।रवि लामिछानेले आफू राजनीतिमा मन्त्री वा प्रधानमन्त्री बन्न नभई “इतिहास लेख्न” आएको बताएका छन्।
रास्वपाका सांसदहरूलाई सम्बोधन गर्दै उनले पार्टीले पाएको जनमत परिवर्तनको सुरुवात भएको दाबी गरे। पुराना दलहरूले जस्तो कठिन सङ्घर्ष आफूहरूले नगरेको उल्लेख गर्दै अब पाँच वर्ष जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए।
साथै उनले पद र अवसरको गुनासो नगरी कानुन निर्माणमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे।


