Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया अघि बढ्यो

राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया अघि बढ्यो

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा बोल्दै उनले सरकारले कानुनी सुधारलाई तीव्र बनाउँदै असान्दर्भिक १५ वटा कानुन खारेज प्रक्रियामा लगिएको बताए।

विभाग खारेज भएपछि यसको कार्यभार सम्बन्धित निकायमा हस्तान्तरण गरिने र राजस्व, भन्सार तथा सम्पत्ति शुद्धीकरण विभागलाई अझ प्रभावकारी बनाइने उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *