काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्नेको संख्या १९३ पुगेको छ। डा. धवलशमशेर राणाको नेतृत्वमा पछिल्लो समय थप नेताहरूले राजीनामा दिएपछि संख्या बढेको हो।
राजीनामा दिनेहरूले पार्टी नेतृत्वको कमजोरी र आत्मकेन्द्रित कार्यशैलीका कारण असन्तुष्टि बढेको बताएका छन्। विभिन्न तहका केन्द्रीय तथा स्थानीय नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन्।


