काठमाडौं । महालेखापरीक्षक तोयम राया ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्।
शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुले सार्वजनिक निकायको आर्थिक अनुशासन र जवाफदेहितामा कमजोरी देखिएको बताएका छन्।
उनले वित्तीय अनुशासन कायम गर्न सरकारी निकाय थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।


