Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसईई नतिजामा त्रुटि सच्याउन ७ जेठसम्म मौका

एसईई नतिजामा त्रुटि सच्याउन ७ जेठसम्म मौका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजामा त्रुटि देखिए पुनर्योग तथा सच्याउन ७ जेठसम्म आवेदन दिन सकिने जनाएको छ।

इलामको अमर माध्यमिक विद्यालयका २८ विद्यार्थीको प्राक्टिकल नम्बरमा त्रुटि देखिएपछि विद्यालयले परीक्षा नियन्त्रण कार्यालयमा सुधारका लागि पहल गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार केही विद्यालयले फरक फर्म्याटमा नम्बर पठाउँदा समस्या देखिएको हो। त्रुटि सच्याउन प्रति विषय ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *