Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ पुगे, भव्य स्वागत

राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ पुगे, भव्य स्वागत

काठमाडौँ, १४ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन्। सोमबार दमौलीमा राष्ट्रपति पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका थिए। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, र अन्य जनप्रतिनिधिहरू उपस्थित थिए। पौडेल तनहुँको भानु साहित्य उद्यानको शिलान्यास गर्न गएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *