विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको विराटनगरको सम्राट स्पोर्टिङ क्लबले खेलाडी भगाएको आरोप लगाएको छ । क्लबका अध्यक्ष किरण गिरीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मोरङ फुटबलका ठालूहरुको हैसियत देखिएको र सबैको हिसाब किताब हुने चेतावनी दिएकाछन् । मकालु टेलिभिजनले फोनमा गरेको संवादका क्रममा अध्यक्ष गिरीले क्लबमा रहेका दुई खेलाडीलाई मोरङ फुटबलमा रहेका केहीब्यक्तीले रातारात भगाएको बताउनु भयो । उहाँका अनुसार आइतबार फाइनल अघि नै खेलाडी भगाइनुले क्लबलाई हतोत्साही बनाउन खोजिएको हो । यद्धपि आफूहरु उपाधि हात पार्ने गरि मैदानमा उत्रिने र हाल भएका घटनाबारे सोमबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने बताउनु भयो । उहाँका अनुसार मोरङ फुटबलले खेलाडीमात्र नभएर जिल्लाको लिग विजेता टोलीलाई प्रशिक्षक समेत नदिएर समस्यामा पार्ने काम गरिएको बताउनु भयो ।उहाँले प्रतिस्पर्धी झापा एघारबाट खेलिरहेका विदेशी खेलाडीको विषयमा श्रम सम्झौता भए नभएको विषयमासमेत विभिन्न निकायमा जानकारी गराएको उल्लेख गर्नु भयो ।


