काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा सांसद तथा केन्द्रीय सचिवालय सदस्य दीपक वोहरालाई नियुक्त गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि उक्त जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए, तर उनी सभामुखमा निर्विरोध निर्वाचित भएपछि पद खाली भएको थियो।
पार्टीले प्रवासमा रहेका नेपालीसँग समन्वय र संगठन विस्तारलाई प्रभावकारी बनाउन वोहरालाई जिम्मेवारी दिएको जनाएको छ।


