Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले नेतृत्व संरचना विस्तार गर्‍यो, १० नयाँ सदस्य मनोनीत

रास्वपाले नेतृत्व संरचना विस्तार गर्‍यो, १० नयाँ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्च र सल्लाहकार परिषद् विस्तार गरेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चमा ६ जना र सल्लाहकार परिषद्मा ४ जना नयाँ सदस्य थप गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

संघीय नेतृत्व मञ्चमा विभिन्न जिल्लाका ६ जना नेता मनोनीत भएका छन् भने सल्लाहकार परिषद्मा ४ जना थपिएका छन्।

पार्टीले संगठन विस्तारलाई निरन्तरता दिँदै आन्तरिक संरचना सुदृढ गर्ने नीति लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *