Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैदेशिक रोजगारी ठगी विज्ञापनबारे सरकारको चेतावनी

वैदेशिक रोजगारी ठगी विज्ञापनबारे सरकारको चेतावनी

काठमाडौं । वैदेशिक रोजगारीको नाममा सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रामक विज्ञापन र ठगीप्रति सरकारले सचेत रहन अपिल गरेको छ।

विज्ञापन बोर्डका अनुसार टिकटक, फेसबुक र ह्वाट्सएपमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने घटना बढेका छन्।

यस्ता गतिविधिबारे दूतावासमार्फत उजुरी आएपछि बोर्डले सचेतना जारी गरेको हो।

सरकारले अनुमति प्राप्त संस्थामार्फत मात्र वैदेशिक रोजगारीमा जान र अनधिकृत विज्ञापनको भर नपर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *