वीरगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन २०६३ र राज्यविरुद्धको कसुरमा सजाय माग गर्दै अभियोग दायर गरेको हो।
प्रसाईंलाई केही दिनअघि वीरगन्जको दियालो होटलबाट पक्राउ गरिएको थियो। उनीमाथि सामाजिक सञ्जाल तथा युट्युबमार्फत सेना, प्रहरी, महिला तथा राजनीतिक व्यक्तिहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।
प्रहरीले ती अभिव्यक्तिहरूलाई अनुसन्धानको मुख्य आधार बनाएको जनाएको छ। अभियोग दायर भएसँगै मुद्दा अब अदालतमा अघि बढ्नेछ।


