काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेश सुधारमुखी भएको र दल फुटाउने उद्देश्य नभएको स्पष्ट पारेको छ।
सभापति रवि लामिछानेले संसदीय दलको बैठकमा १२ बुँदे निर्देशन जारी गर्दै सरकारको प्राथमिकता सेवा प्रवाह सुधार, सुशासन र जनअपेक्षा पूरा गर्नु भएको बताए।
उनले विगतका गलत नियुक्ति र दलीयकरण सच्याउनुपर्ने भन्दै अध्यादेशलाई कानुनी सुधारको अभ्यासका रूपमा लिएको स्पष्ट पारे।


