काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ।
बैठकमा संगठन सुदृढीकरण, महाधिवेशन तयारी, विधान संशोधन र निर्वाचन रणनीतिलगायत ९ एजेन्डामा छलफल हुनेछ। केन्द्रीय सदस्यहरूले आफ्ना क्षेत्रगत अनुभव पनि प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यस्तै, पदाधिकारी मनोनयन, ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन, प्रवासमा रहेका नेपालीको मताधिकार र सचिवालयका निर्णय अनुमोदनजस्ता विषय पनि बैठकको मुख्य केन्द्रमा रहनेछन्।


